
काठमाडौं । हरेक वर्ष अगस्त १२ मा मनाइने अन्तर्राष्ट्रिय युवा दिवस आज पनि विश्वभर विविध कार्यक्रमका साथ मनाइँदैछ। दिवसको उद्देश्य व्यक्ति, परिवार, समुदाय, राष्ट्र र विश्वकै विकासमा युवाको भूमिकाको महत्वलाई उजागर गर्नु हो।
यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस २०२५ “दिगो विकास लक्ष्य र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू” भन्ने नाराका साथ मनाइँदैछ। यो नाराले दिगो विकास लक्ष्य (SDGs) हासिल गर्न तथा भविष्यका चुनौती समाधान गर्न स्थानीय तहका युवाहरूको सहभागिता र नवप्रवर्तनलाई प्रोत्साहित गर्ने सन्देश दिन्छ।
दिवसका कार्यक्रमहरू मार्फत युवाको सक्रियता, सृजनशीलता र नेतृत्व क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने, समाजमा सकारात्मक परिवर्तनका लागि उनीहरूको योगदानलाई सम्मान गर्ने र आगामी दिनका सम्भावनाहरूलाई उजागर गर्ने उद्देश्य लिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे