
कागेश्वरी मनोहरा, २०८१ फागुन १२ – कागेश्वरी मनोहरा नगरपालिकामा आज बाल संरक्षण नीतिको बारेमा जनप्रतिनिधि र कर्मचारीहरूको बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नगर उपप्रमुख श्री शान्ता थापा ज्यूको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बालबालिकाका अधिकार र संरक्षणका सवालमा महत्वपूर्ण छलफल गरिएको थियो। “रोकिए तिमि समाज रोकिन्छ, ठेस लागे तिमिलाई विकास ठोकिन्छ, न रोकिनु छ, न त रोकाउनु छ, अलमलियौ तिमि बाटो झुकिन्छ,” भन्ने सन्देशलाई ध्यानमा राख्दै बालबालिकाका सवालमा गहिरो अन्तरक्रिया गरिएको थियो।
कार्यक्रमको समन्वय र सहजिकरणको जिम्मेवारी श्री आत्माराम थापा ज्यूले निर्वाह गरेका थिए। उहाँको योगदानका लागि आयोजकले धन्यवाद ज्ञापन गरेका छन्।
कार्यक्रममा नगरका विभिन्न जनप्रतिनिधि, कर्मचारी र अन्य प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा बाल संरक्षण नीतिको प्रभावकारी कार्यान्वयनका उपायहरूसम्म छलफल गरिएको थियो।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे