
काठमाडौँ, वैशाख १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि सरकारी अस्पतालमा बिरामीको रिपोर्टमा उपचार गर्ने डाक्टरहरूको पूरा विवरण राख्नुपर्ने नयाँ नियम ल्याएको छ। मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै संघीय अस्पताललाई पत्र पठाएर यो नियम कार्यान्वयन गर्न भनेको हो।
नयाँ नियमअनुसार, बिरामीको एक्सरे, ल्याब परीक्षण वा अन्य स्वास्थ्य परीक्षण सिफारिस गर्ने डाक्टर वा स्वास्थ्यकर्मीको पूरा नाम, विशेषज्ञता, काउन्सिल दर्ता नम्बर र सही छाप रिपोर्टमा अनिवार्य राख्नुपर्नेछ।
मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार यसले उपचार प्रक्रिया सजिलो बनाउने, अनावश्यक परीक्षण रोक्ने र परीक्षण अस्पतालमै सम्भव हुँदा बाहिर रिफर गर्न नपर्ने जस्ता समस्या हटाउने विश्वास गरिएको छ। अहिले धेरै रिपोर्टमा डाक्टरको सम्पूर्ण विवरण नहुँदा उपचारमा गम्भीर समस्या आउने गरेको मन्त्रालयको भनाइ छ।
यसबाट डाक्टरहरू पनि अझ बढी जिम्मेवार बन्ने र बिरामीलाई उचित सेवा दिन सजिलो हुने विश्वास गरिएको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालको सेवा सुधारमा लगातार जोड दिँदै आउनुभएको छ, र यो नयाँ कदम त्यसैको हिस्सा भएको उनको सचिवालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे