


काठमाडौँ , २ भाद्र | काठमाडौं महानगरपालिकाले कलंकीमा रहेको खसीबजार हटाउन निर्देशन दिएको छ। महानगरले बिहीबार एक सुचना जारी गर्दै १५ दिनभित्र कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको हो ।
खसी बजार सञ्चालन गर्ने व्यवसायीहरूले आफैं वैकल्पिक व्यवस्था गरी खसी बजार हटाउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ। फोहोरमैलाका कारण वातवरणमा गम्भीर असर परेको भन्दै स्थानीयले गुनासो गर्दै सामुहिक उजुरीपरेकाले खसीबजार हटाउन लागिएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे