
काठमाडौँ , १७ साउन |गृहमन्त्री बालकृष्ण खाँणले बाढी–पहिरो पीडितलाई उद्धार र राहतको प्रबन्ध गर्न निर्देशन दिएका छन् ।गृहमन्त्री खाणले म्याग्दीको मालिका गाउँपालिका–२ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा गएको पहिरोले पुराएको सडक अवरोध र चितवनकै इच्छाकामना गाउँपालिकामा गएको पहिरोबाट भएको क्षति, उद्धार र राहत तथा सडक खुलाउन निर्देशन दिएका हुन् ।
मन्त्री खाँणले नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख नायव महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी राना, चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङ, म्याग्दीका प्रहरी प्रमुख नायब उपरीक्षक तिलक भारतीलगायतलाई बाढी–पहिरोपीडितको उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे