
काठमाडौँ, २५ चैत ।कोरिया शैक्षिक परामर्श संघ नेपालको आयोजनामा इन्फरमेसन सेसन सम्पन्न कोरिया शैक्षिक परामर्श संघ नेपालले चैत २३ गते काठमाडाैँकाे हात्तीसार स्थित नेपाल हाउसमा स्टडी इन कोरिया इन्फरमेसन सेसन एण्ड एजेन्ट मिट कार्यक्रमको आयोजना गरेको छ।
एनआरएनए दक्षिण कोरियाका संस्थापक सदस्य तथा कोरियामा बिगत २५ वर्षदेखि विभिन्न व्यापार व्यवसायमा आबद्ध रुद्रप्रसाद शर्माको प्रमुख आतिथ्यतामा आयोजित उक्त इन्फरमेसन सेसनमा, दक्षिण कोरियाको आजु युनिभर्सिटीबाट ग्य्राजुएट भइ नेपाल राष्ट्र बैंकमा कार्यरत सुशील बिजुक्छे, बिगत दुई दशक देखि शैक्षिक पत्रकारितामा क्रियाशील जुपिटर मिडियाका संचालक सुनील आचार्य, डोङशिन युनिभर्सिटी, उल्सान कलेज र किम्पो युनिभर्सिटी का प्रतिनिधि हरु लगायत केइक्यानका सदस्यहरू र पत्रकारहरूको बाक्लो उपस्थिती रहेको थियो।
कार्यक्रमको सुरूवातमा दक्षिण कोरियाको शैक्षिक परामर्श क्षेत्रको विकास गर्न उपस्थित सम्पूर्णमा संस्थाका बरिष्ट उपाध्यक्ष रमेश अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भयो।
कार्यक्रमको मुख्य आकर्षण स्टडी इन कोरिया सेसन कोरिया केन्द्रीत शैक्षिक परामर्श व्यवसायी प्रमुख नरेश सेडाईले सञ्चालन गर्नु भए को थियो।
बिषेश अतिथिको मन्तव्यको क्रममा दक्षिण कोरियाको आजु युनिभर्सिटीबाट ग्य्राजुएट भइ नेपाल राष्ट्र बैंकमा कार्यरत सुशील बिजुक्छेले दक्षिण कोरियाको शैक्षिक प्रणालीका विषयमा धारणा ब्यक्त गर्नु भयो।
कार्यक्रममा आफ्नो मन्तव्य को क्रममा कोरिया अध्ययनका विषयमा विभिन्न संघ संस्थामा आवद्ध व्यवसायीलाई जानकारी दिने उद्देश्यले कार्यक्रमका आयोजना गरिएकाे केइक्यान उपाध्यक्ष विष्णु खड्काले जानकारी गराउनु भयो।
कार्यक्रम मा कोरिया बाट भर्चुअल सेसन मार्फत अजो युनिभर्सिटी, क्युङसुङ युनिभर्सिटी, डोङशिन युनिभर्सिटी, उल्सान कलेज र किम्पो युनिभर्सिटी का प्रतिनिधि हरुले आफ्नो युनिभर्सिटी, उपलब्ध कोर्स, फयासीलिटीज, फिइस्ट्क्चर र आफ्नो युनिभर्सिटीमा नेपाली विद्यार्थीहरूको उपस्थितिका बिषयमा केन्द्रीत रहेर आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए।
साथै केइक्यानको यो उत्साह जनक उपस्थितिको उच्च सराहना गर्नु भएको थियो। शैक्षिक परामर्श दाृत संस्थाहरुलाई सही सूचना र जानकारी दिनका लागि कार्यक्रम प्रभावकारी भएको जानकारी गराउँदै कार्यक्रम लाई सब्य, भब्य र मर्यादित बनाउन सहयोग गर्नुहुने सम्पूर्ण अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै कोरिया शैक्षिक परामर्श संघ नेपालका अध्यक्ष गणेश शर्माले धन्यवाद व्यक्त गरी औपचारिक कार्यक्रमको समापन गर्नु भयो।
कार्यक्रम संस्थाका सचिव एसपी भट्टराईले संचालन गर्नु भए को थियो। औपचारिक कार्यक्रम पश्चात नेटवर्ककीङ डिनर मार्फत सम्पुर्ण केइक्यान सदस्यहरूले बिज्ञ संग कोरियाको शैक्षिक प्रणालीको अवसर र चुनौतीका बिषयमा छलफल गरीएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे