
काठमाडौं ।ऑडिसंकरा कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (ACET) ले इन्फरमेटिक्स कन्सल्टेन्सीमा आगामी शैक्षिक वर्षका लागि भर्ना र छात्रवृत्ति सम्बन्धी एक सफल प्रेस भेटघाट सम्पन्न गरेको छ ।
कलेजको इन्जिनियरिङ र प्रविधि शिक्षामा उत्कृष्टताको प्रतिबद्धता, साथै योग्य र प्रतिभाशाली विद्यार्थीहरूका लागि उपलब्ध छात्रवृत्तिहरूको बारेमा जानकारी गराईएको हो । कलेजले भविष्यका इन्जिनियर र प्रविधिज्ञहरूलाई समाजमा महत्वपूर्ण योगदान पुर्याउन सक्षम बनाउने आफ्नो प्रतिबद्धता गरेको छ।
कार्यक्रममा विशेष अतिथि डा. मोहन गारू, ACET का निर्देशक, उपस्थित भए र कलेजको शैक्षिक उत्कृष्टताप्रतिको प्रतिबद्धता माथि जोड दिएका छन् । ACET की अन्तर्राष्ट्रिय भर्ना निर्देशक श्रीमती चैतन्य श्रीनिवासराजेले भर्ना प्रक्रिया, उपलब्ध छात्रवृत्ति र कलेजले आफ्ना विद्यार्थीहरूलाई प्रदान गर्ने विभिन्न अवसरहरूको विस्तृत जानकारी गरेकि थिईन।
इन्फरमेटिक्स कन्सल्टेन्सीका निर्देशक ज्ञानेन्द्र मान जोशीले इन्फरमेटिक्स कन्सल्टेन्सीको शैक्षिक परामर्शदाताका रूपमा विद्यार्थीहरूलाई शैक्षिक लक्ष्यतर्फ मार्गदर्शन गर्नको लागि महत्त्वपूर्ण भूमिका रहेको बारेमा जानकारी दिएका छन् ।
कार्यक्रममा इन्फरमेटिक्स कन्सल्टेन्सीको Head of India शिव न्यौपाने द्वारा कलेज र इन्फरमेटिक्स कन्सल्टेन्सी बीचको रणनीतिक सहकार्यको बारेमा प्रेस विज्ञप्ति जारी गरिएको छ । यो साझेदारीले भर्ना प्रक्रियालाई सहज बनाउने र विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक अवसरहरू प्रदान गर्ने उद्देश्य राखेको छ। ACET र इन्फरमेटिक्स कन्सल्टेन्सी बीचको सहकार्यले शैक्षिक अवसरहरूलाई सुधार गर्दै र विद्यार्थीहरूलाई छात्रवृत्ति प्राप्त गर्नमा मद्दत गरेको पत्रकार भेटका अवसरमा बताईएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे