
काठमाडौं, पुस २५ । तिरुपतिको विष्णु निवासमा बुधबार वैकुण्टाद्वारा सर्वदर्शन टोकन वितरणका क्रममा भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् । माघ १० गतेदेखि सुरु हुने १० दिने वैकुण्ठ द्वार दर्शनमका लागि टिकटका लागि सयौं भक्तजनको भीड लागेको छ ।
तिरुमाला श्रीवारी वैकुण्ठ द्वार टिकट काउन्टर नजिकैको विष्णु निवासम नजिकै ‘दर्शन’ टोकन वितरण गर्ने क्रममा घटना भएको हो । टीटीडीका अध्यक्ष बीआर नायडूको कार्यालयबाट जारी विज्ञप्ति अनुसार आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले घटनालाई नजिकबाट नियालिरहेका छन् र बिहीबार भागदौडका पीडित परिवारलाई भेट्नेछन्।
तिरुपतिमा धेरै भक्तहरू तिरुमाला पहाडमा अवस्थित भगवान वेंकटेश्वर स्वामी मन्दिरमा वैकुण्ठ द्वार दर्शनको टिकट लिनको लागि दौडिरहेका थिए। माघ १० गतेदेखि सुरू हुने १० दिने बैकुण्ठ द्वार दर्शनका लागि देशभरबाट हजारौं भक्तजन तिरुपति पुगेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे