
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयका ३ जना प्राविधिक विज्ञहरूको टोलीले आज भेट गरेका छन्। भेटमा भारतीय टोलीले मधेश प्रदेशको भूगर्भीय (भूमिको भित्रको) पानीको अवस्थाबारे विस्तृत अध्ययन गर्ने योजना पेस गरेका छन्। उनीहरूले कुन ठाउँमा कति पानी छ, कहाँ अभाव छ भन्ने कुरा बुझेर त्यसको समाधान कसरी गर्न सकिन्छ भन्नेबारे सुझाव दिने बताए।
यो टोलीले आउने दिनहरूमा मधेशका विभिन्न जिल्लाहरूमा गएर भूगर्भीय पानीको अवस्था हेर्नेछ र आवश्यक अनुसन्धान गर्नेछ। प्रतिनिधिमण्डलमा भारतको जल शक्ति मन्त्रालयका विशेषज्ञहरू – आशिष पाण्डे, जगदम्बा प्रसाद र प्रसान्त राय सहभागी थिए।
मुख्यमन्त्री सिंहले यो पहलले मधेशमा पानीको दीर्घकालीन समाधान खोज्न सहयोग गर्ने विश्वास व्यक्त गरे। उनले पानीको समस्या समाधानका लागि भारतले चासो देखाएकोमा धन्यवाद पनि दिए। प्रदेशमा अहिले पानीको अभाव एक ठुलो समस्या बन्दै गएको अवस्थामा छिमेकी देश भारतका प्राविधिक विज्ञहरूले देखाएको चासो र सहकार्यले समाधानमा सहयोग पुग्ने आशा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे