
काठमाडौं, २ चैत्र। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको प्रक्रिया अवरुद्ध भएको छ। विद्यार्थी सङ्गठनहरू बीचको विवादका कारण यी क्याम्पसहरूमा निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन। त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले यसबारे जानकारी दिएको छ।
देशभरका ६२ आङ्गिक क्याम्पसमध्ये काठमाडौँ उपत्यकामा ६ र उपत्यका बाहिर ५ क्याम्पसमा चुनावी प्रक्रिया रोकिएको हो। काठमाडौँका नेपाल ल क्याम्पस, शङ्कर देव क्याम्पस, पब्लिक युथ क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, विश्वभाषा क्याम्पस र थापाथली इञ्जिनियरिङ क्याम्पससँगै महेन्द्रनगरको सिद्धनाथ बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, विराटनगर महेन्द्र मोरङ क्याम्पस र जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा पनि चुनाव प्रक्रिया रोकिएको छ।
त्रिविले यी क्याम्पसहरूलाई आपसी समझदारी र सहमतिका साथ चुनाव प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ आगामी ५ गते हुने स्ववियु चुनावको प्रचारप्रसारका लागि आज राति १२ बजेसम्मको समय तोकिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे