
काठमाडौँ, २९ असोज । प्रधानमन्त्रि तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा विरुद्ध स्वतन्त्र उमेदवारी दिएका सागर ढकाललाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्नै भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफनो आधिकारीक फेसबुक पेज मार्फत बहालवाला प्रधानमन्त्रीका विरुद्धमा निर्वाचनमा प्रतिस्पर्धा गरेका सागर ढकालको कदमको प्रशंसा गर्दै समर्थन गर्नै निर्णय गरेको बताएको छ ।
राजनीतिक सिन्डिकेट तोड्ने अभियानमा सागर ढकालहरुको राजनीतिमा प्रवेश र हिम्मत मात्रैले पनि विशेष अर्थ दिने स्वतन्त्र पार्टीको ठहर गरेको छ ।
‘राजनीतिक सिन्डिकेट तोड्ने अभियानमा सागर ढकालहरुको राजनीतिमा प्रवेश र हिम्मत मात्रैले पनि विशेष अर्थ दिनेछ । यस्तोमा बहालवाला प्रधानमन्त्रीका विरुद्धमा निर्वाचनमा होमिनु भएका सागर ढकालको कदमको प्रशंसा गर्दै डडेल्धुरामा सिरिन्ज (सुइ) निर्वाचन चिन्ह लिएका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले निशर्त समर्थन गर्दछ, ‘स्वतन्त्र पार्टीको पेजमा भनिएको छ ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे