
काठमाडौं, २४ भाद्र ।राइट एण्ड एसोसिएट कन्सल्टेन्सीले स्थापनाकालको २३ औ बार्षिकोत्सबको उपलक्ष्यमा कुमारीपाटी ब्रान्च समुद्घाटन गरेको छ।
अफिस समुद्घाटन समारोहमा आइरीनका अध्यक्ष हेमन्त भट्टराई, नायरका फाउन्डर प्रिजीडेन्ट नारायण बजाज, नायरका निवर्तमान अध्यक्ष बिज्ञान श्रेष्ठ, इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, आइडीपी आइल्सकी मार्केटिङ मेनेजर महीमा राणा लगायत थुप्रै शैक्षिक परामर्श व्यवसायीहरूको उपस्थिती रहेको थियो। आइरीनका अध्यक्ष हेमन्त भट्टराईको प्रमुख आतिथ्यमा रिवन काटी कुमारीपाटी ब्रान्च समुद्घाटन गर्नु भयो।
समुद्घाटन समारोहलाई सम्बोधन गर्दै राइट एण्ड एसोसिएट नेपाल रिजनल म्यानेजर देवेन्द्र राज रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्नु भयो।
काठमाडौं, चितवन, पोखरा, बुटवल, बर्दघाट, कावासोती र ललितपुर गरी सात ठाउँमा कार्यालय रहेको छ भने अष्ट्रेलियामा सिड्नी सिबीडी, क्यानबेरा, रक्डेल र एडीलेईडमा कार्यालयहरू रहेका छन्।
समुद्घाटन समारोहमा एडीलेईड र कुमारीपाटी ब्रान्च डाइरेक्टर आभाष थापाले उपस्थित सम्पूर्ण अतिथिहरूलाई धन्यवाद व्यक्त गर्दै कुमारीपाटी बाट पनि अन्य ब्रान्च सरहनै गुणस्तरीय शैक्षिक परामर्श, डकुमेन्टेशन गाइडलाइन र टेस्ट प्रिपेसनको तयारी कक्षा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो।
राइट एण्ड एसोसिएटका अधिकांश काउन्सिलर गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्न आवश्यक TITI, QEAC, PIER, ICEF र Education New Zealand सर्टिफाइड काउन्सिलर रहेका छन् भने राइट एण्ड एसोसिएट मार्फत अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका, आयरल्यान्ड र न्युजिल्याण्डका लागी शैक्षिक परामर्श सेवा उपलब्ध गराइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे