
काठमाडौँ, ३२ साउन । काठमाडौँको डिल्लीबजारमा ग्लोबल स्टडी पार्टनर्सको अफिस समुद्घाटन भएको छ। अष्ट्रेलियाली राजदुत महामहिम फेलिसिटी भोल्कले रिवन काटी उक्त कार्यालयको उद्घाटन गर्नु भएको हो।
अफिस समुद्घाटन कार्यक्रममा ग्लोबल स्टडी नेपालका कन्ट्री डिरेक्टर अनिल श्रेष्ठले ऊपस्थीत सम्पूर्णमा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
ग्लोबल स्टडी पार्टनरकी सि ई वो मिस ईलेन स्टार्कीले अस्ट्रेलियाली महामहिम राजदुत फ्यालीसिटी भोल्क लाई स्वागत गर्दै ग्लोबल स्ट्डी पाट्नर्सको नेपालमा उपस्थिती र महत्वको बारेमा प्रकाश पार्नु भयो।
महामहिम राजदुत फ्यालीसिटी भोल्कले अस्ट्रेलियन एजुकेशन सिस्टम, जुपिटर मिडिया द्वारा आयोजित डिस्टिनेसन अष्ट्रेलिया टेलीभिजन सो र ग्लोबल स्ट्डी पार्टनर्सको नेपालमा उपस्थितीको बिषयमा प्रकाश पार्नु भयो।
उक्त कार्यक्रममा जि एस पी कोप्रेट हेड अफिसका चिफ ग्रोथ अफिसर अलि बुटले जि एस पीले गरेका प्रगती विकास र नेटवर्कीङको वारेमा चर्चा गर्दै गर्नु भएको थियो । औपचारिक कार्यक्रम पश्चात ग्लोबल स्ट्डी पार्टनर्स परीवार संग अनौपचारिक छलफल गरीएको थियो।
ग्लोबल स्ट्डी पाट्नर्स स्थापनाकाल देखीनै नेपालमा क्रियाशील रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे