
काठमाडौँ, पौष ४ ।अन्तर्राष्ट्रिय विद्यार्थीहरू क्यानाडामा अध्यायन गर्न आर्थिकरुपमा सक्षम रहेको सुनिश्चित गर्ने उद्देश्यले क्यानाडाका अध्यागमन, शरणार्थी, र नागरिकता मन्त्री माननीय मार्क मिलरले जनवरी १, २०२४ देखि लागू हुने गरि स्टुडेन्ट भीसा आवेदकहरूका लागि कस्ट अफ लिभिङ्गको रिकवार्मेंटमा वृद्धि भएको घोषणा गरेका छन्।
यो निर्णयले क्यानाडाको परिवर्तनशील आर्थिक परिदृश्य र देशको हालको कस्ट अफ लिभिङ्गको वित्तीय आवश्यकताहरूबीच समायोजन गर्ने उदेश्य राखिएको छ ।
सन् २००० को शुरुवातदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूले कस्ट अफ लिभिङ्गका लागि १०,००० क्यानेडियन डलर लागत कायम रहेकोमा हाल बाट सो लागतमा बृधि गरिने जानकारी गराइएको छ। २०२४को सुरुबाट ट्यूशन र यात्रा लागतको अतिरिक्त एकल आवेदकले पहिलो वर्षको कस्ट अफ लिभिङ्गको लागत लो इन्कम कट–अफ (LICO)को ७५% प्रतिनिधित्व गर्दै २०,६३५ क्यानेडियन डलर देखाउनु पर्ने छ ।
यस्को उदेश्य क्यानाडामा आउने विद्यार्थीहरूको बसाइको समयमा आर्थिक समस्या नहोस् भन्ने हो।
यो परिवर्तन जनवरी १, २०२४ पछि प्राप्त हुने अध्ययन अनुमति आवेदनहरूमा लागू हुनेछ।
क्यान कन्सल्टिङ सर्भिसले क्यानडा सरकारद्वारा गरिएका नीतिगत परिवर्तनहरूबारे विद्यार्थी र अभिभावकहरूलाई जानकारी गराउँदै आइरहेको छ।
क्यान कन्सल्टिङ सर्भिसका सिनियर कोउन्सिलर ईन्जिनियर हरी खत्री ब्यक्तिगत रुपमै विद्यार्थीहरुलाई भेटेर क्यानडा सरकारको हालको अप्डेटेड नितिहरुको बारेमा जानकारी गराउन हाल क्यानाडाबाट नेपाल आएका छन ।
क्यानाडामा हाल धेरै अन्तराष्ट्रिय विद्यार्थीहरुले कसरी कोठा तथा काम खोज्ने भन्ने ज्ञान नभएको कारणले धेरै दुMख भोगिरहेको र यसको समाधानको लागि Indeed, Learn4Good, Coliving.com, kijiji जस्ता वेबसाईटबाट सहयोग लिन सकिने उनले जानकारी गराए।
ई.हरी खत्रीले क्यानाडाको नयाँ परिवर्तित् नितिको जानकारी गराउँदै यो निति अन्तराष्ट्रिय विद्यार्थीहरुको हितमा रहेको र क्यानाडा पुगिसकेपछी विद्यार्थीहरुलाई आर्थिक समस्या नहोस् भन्ने यसको उदेश्य रहेको बताए।
साथै उनले आफु केही समय नेपालमै रहने हुँदा क्यान कन्सल्टिङ सर्भिसेसको कार्यालयमा आएर विद्यार्थी तथा अभिभवाकहरुले क्यानाडा सम्बन्धी सम्पूर्ण जानकारीलिन सक्ने जानकारी गराए।
क्यान कन्सल्टिङ सर्भिसेसले लामो समयदेखी सेन्टेनियल कलेज, सेनेका कलेज, फ्लेमिङ कलेज, एल्गोनक्विन कलेज, साल्ट कलेज, जर्जियन कलेज, ट्रिनिटी वेस्टर्न युनिभर्सिटी, योर्क युनिभर्सिटी, सेन्ट लरेन्स कलेज, क्याम्ब्रियन कलेज, क्यानाडोर कलेज, डरहम कलेज, सेन्ट क्लेयर कलेज, नियाग्रा कलेज, कोनेस्टोगा कलेज, ल्याम्बटन कलेज जस्ता क्यानाडाका प्रतिष्ठित शैक्षिक संस्थाहरुमा विद्यार्थीहरुलाई आवेदन शुल्कमा बिशेष छुटका साथ भर्ना हुन सहयोग गरिरहेको छ।
क्यान कन्सल्टिङ सर्भिसेसले क्यानाडामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई भर्ना तथा भिसा प्रक्रियामा शहजिकरण गर्दै आवेदन प्रक्रियाभरि विद्यार्थीहरुको सन्तुष्टि सुनिश्चित गर्न प्रतिबद्ध छ। हाल क्यानले पुतलीसडक, नयाँ बानेश्वर, कुमारीपाटी, इटहरी र चितवनमा रहेका आफ्ना कार्यालयहरुबाट जुन, मे र सेप्टेम्बर इन्टेकको लागि क्यानाडामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्स प्रदान गरिरहेको छ।
जसको लागि विद्यार्थीहरुले आफ्नु पायक पर्ने कार्यालयमा संपर्क गर्न सक्नुहुनेछ। क्यान कन्सल्टिङ सर्भिसले विस्तृत IELTS/PTE तयारी कक्षा तथा शैक्षिक/क्यारियर काउन्सिलिङ प्रदान गर्दछ। साथै क्यानाडाका कलेजहरू/विश्वविद्यालयहरूमा भर्नाको सुविधा प्रदान गर्न, डकुमेन्टेसन तथा Statements of Purpose (SOP)मा विद्यार्थीहरुलाई सहयोग प्रदान गर्दै आइरहेको छ। क्यानले विद्यार्थीहरूलाई नेपालमा मात्र नभइ क्यानाडामा पुगेपछी पनि सहयोग प्रदान गर्छन्।
क्यानाडामा, विद्यार्थीहरुलाई आवास सहायता, कामको खोजी, कलेज स्थानान्तरण र डिग्री भर्नामा पनि सहयोग गरिरहेको छ। त्यसकारण क्यान कन्सल्टिङ सर्भिस तपाईंको नेपालदेखि क्यानडासम्मको शैक्षिक यात्रामा निरन्तर सेवाको लागि तत्पर छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे