२७ असार काठमाडौ | नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विरुद्धमा परेको मुद्दाकाे सर्वोच्च अदालतमा आज हुदैछ ।प्रहरीको महानिरीक्षक (आइजिपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सुनुवाइ हेर्दाहेर्दैमा राखेर सोमबारका लागि पेसी तोकेको थियो ।
जवाफी बहसका लागि समय नलाग्ने भएकाले सोमबार नै फैसला आउनसक्ने बताइएको छ ।रिटमाथि जेठ ३०, असार ५, असार १३ र असार १९ गते सुनुवाई भइसकेको छ । असार १९ गते भएको सुनुवाईपछि असार २६ गतेका लागि पेशी तोकिएको थियो तर हिजो आइतबार सार्वजनिक बिदा परेकाले आज पेशी हुदैँछ ।एआइजी विश्वराज पोखरेलले आफू भन्दा जुनियरलाई आईजिपी बनाएको भन्दै सरकारको निर्णय विरुद्ध गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट हालेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे