
काठमाडौँ ३१ असार |सर्वोच्च अदालतले एआईजी विश्वराज पोखरेलको रिट निवेदन खारेज गरिदिएको छ। नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई गरिएको नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
आफू भन्दा जुनियरलाई सरकारले आईजिपी बनाएको भन्दै विश्वराजले मुद्धा हालेका थिए । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले विश्वराज पोखरेलको रिट खारेज गर्दै आईजीपी नियुक्ति कानूनसम्मत भएको फैसला गरेको हो ।
इजालसले सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय कानुनसम्मत भएको पनि ठहर गरेको छ।उनी १८ बैशाखदेखि नै बिदामा छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे