
काठमाडौं , वैशाख १२ । तनहुँ नं १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन् । उपनिर्वाचनमा भारी मतले वाग्ले विजयी भएका छन् । वाग्लेलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।वाग्लेलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले आज बिहान एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र गरेका छन् ।
सोहि कार्यक्रममा बोल्दै वाग्लेले निर्वाचन क्षेत्र तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्ने बताएका हुन् । ‘स्थानीयमात्र नभई देशको मुद्दासमेत उठाउनेछु,’ उनले भने, ‘जनताले दिएको मतको गुन यहाँको विकास गरेर तिर्नेछु ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे