
काठमाडौँ । कांग्रेस महामन्त्री गगनकुमार थापाले भदौ २३ गते भएको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन्। सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले उक्त घटना अत्यन्तै अप्रत्याशित र नेपालको इतिहासमै दुःखद् भएको बताए। उनले सडकमा जनआक्रोश देखिनु स्वाभाविक भएको भन्दै त्यसबारे तत्कालीन सरकार र प्रधानमन्त्रीले नै जिम्मेवारी लिनुपर्ने स्पष्ट पारे। थापाका अनुसार नैतिक जिम्मेवारी लिनु कमजोरी होइन। उनले गत भदौ २३ र २४ गते जेन–जी युवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध आन्दोलन गरेको स्मरण गरे। यस्तै, उनले कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने घोषणा पनि गरेका छन्।
उनले आफू सभापति बन्न चाहेको र बन्ने दाबीसमेत गरे। उनले महाधिवेशन नेतृत्व परिवर्तन मात्र होइन, पार्टीलाई नयाँ ढंगले अघि बढाउने अवसर भएको बताए। पार्टी सभापति शेरबहादुर देउवाले पनि समयमै महाधिवेशन गर्न आग्रह गरिरहेको उनले बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे