
काठमाडौँ, २१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापाले आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।
आज एक विज्ञप्ति जारी गर्दै थापाले यस प्रकरणमा आफ्नो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित नाम जोडिएको प्रति खेद प्रकट गर्दै खण्डन गरेका हुन्।
‘अनुसन्धान प्रक्रियालाई म सघाउनेछु। संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु, थापाले विज्ञप्तिमा भनेका छन् ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे