
काठमाडौँ, वैशाख २६ । नेपाली कांग्रेसकी नेत्री एवम् प्रतिनिधिसभा सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी सम्बन्धको अडियोबारे सत्य नभएको बताएकी छिन । चाँडै , सत्य , तथ्य बाहिर आउने समेत उनले बताइन ।
सञ्चारकर्मीसँग बोल्दै उनले आफू एक ठूला नेताको श्रीमती भएको र कसैको पक्षमा बोल्दा कसैलाई चित्त दुख्न सक्ने कुरा स्वाभाविक रहेको बताइन् ।
डा. देउवाले भनिन् ,”जब यो काण्ड भयो, त्यस अवधिको सात महिना त म जापानमा थिएँ । यो सबै वाइयात कुरा हो । यसमा मेरो भन्नु केही छैन ।”
उनले थप भनिन् , “मैले एकदम नजिकबाट नियालेको छु । यो चाहिँ नेशनल इस्यु मात्रै होइन, इन्टरनेशनल इस्यु हो । जसले जालमा फसाउन खोजेको छ, आफैँ फस्ने वाला छ ।”
यो प्रकरण एफबिआईले पनि हेरिरहेको उल्लेख गर्दै उनले यसमा आफ्नो कुनैपनि संलग्नता नभएको दाबी गरेकी छिन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे