
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच हाल कुपन्डोलमा छलफल भइरहेको छ। यसअघि बालेनले ऊर्जा मन्त्री कुलमान घिसिङ र कांग्रेस नेता सुनील शर्मासँग पनि आज बिहान बैठक गरेका थिए।
त्यहीँ रहेका जेनजी अगुवा सुदन गुरुङले सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत उनले भने , दुई नेताबीच सहमति नभएसम्मका लागि घरको गेटमा ताला लगाइएको छ। गुरुङले भने, “ढोका थुनेर लक लगाएर राखेको छु। जबसम्म मिल्दैन, तबसम्म निस्कन पाउँदैनन्।” उनले थपे रवि लामिछाने, बालेन शाह र उर्जा मन्त्री कुलमान घिसिङबीच आगामी छलफल जारी रहनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे