
काठमाडौँ – नेकपा ९एकीकृत समाजवादी० का वरिष्ठ नेता वामदेव गौतमले आफूलाई पार्टीमा पदभन्दा काम दिन अनुरोध गरेका छन्। बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसमा गौतमले आफू पदका लागि भन्दा पनि काम गर्न एकीकृत समाजवादीमा आएको र सोही अनुसार जिम्मेवारी दिन आग्रह गरेका हुन्। गौतमले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर कार्यक्षेत्र दिएर काममा लगाउन आग्रह गरेका हुन् । उनले काम बिनाको पद आफूलाई नचाहिने भन्दै काम नदिएदेखि लामो समयसम्म आफू पार्टीमा बस्न नसक्ने स्पष्ट पारे ।
उनले भने, ‘मलाई के पद दिने भन्ने विषय उठेको छ । मलाई चाहिन्न पद । मैले त्यो पहिला पनि भनेको छु । मलाई काम दिनुस् । काम दिनको निम्ति तपाईँहरूले कुन पद सिर्जना गर्नुपर्छ रु कामसहितको सिर्जना गरिदिनुस् । काम बिनाको पद चाहिँदैन । कुनै पनि हालतमा चाहिँदैन । म बस्दा पनि बस्दिन ।’ गौतमले साउन २ गते नेकपा एकता राष्ट्रिय अभियान पार्टी एकीकृत समाजवादीसँग एकता गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे