
काठमाडौँ । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०सँगको एकतामा आफू सामेल नहुने बताएका छन् । पाण्डेले सामाजिक सञ्जालमार्फत विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना दिएका छन् ।
उनले लेखेका छन् , विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ।
म यो एकीकरणमा सामेल छैन।
अब केही समय ९केही दिन वा केही महिना० ‘कुलिङ पिरियड’ लिन्छु। त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु।
आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ।
विवेकशील पनि ‘स्वतन्त्र’ भयो ।
आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र विवेकशील साझाबीच अपचारिक रूपमा एकता घोषणा हुँदैछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे