
काठमाडौं, साउन १६ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले नव युवराज ह्रदयन्द्र शाहको प्रशंसा गरेका छन्। उनले ह्रदयन्द्रको जुम्ला भ्रमणलाई उदाहरण दिँदै उनको सरलता, शालीनता र देशप्रेमले जनताको मन जितेको बताएका छन्।
ह्रदयन्द्र, पूर्वराजा ज्ञानेन्द्र शाहका नाति र पूर्व युवराज पारस शाहका छोरा हुन्। पछिल्ला दिनमा उनी सामाजिक र सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय देखिन्छन्। हालै मात्र उनले कर्णाली प्रदेशको जुम्ला भ्रमण गरेका थिए। भ्रमणका क्रममा उनले त्यहाँको जनजीवन, संस्कृति र प्रकृतिको सौन्दर्य समेटेर एक भिडियो तयार पारेका थिए, जुन सामाजिक सञ्जालमा निकै चर्चित भयो।
प्रवक्ता श्रेष्ठले उक्त भिडियो सेयर गर्दै फेसबुकमा लेखेका छन्, “ह्रदयन्द्रको शालीन व्यवहार अब सार्वजनिक रूपमा देखिन थालेको छ।” उनले थप लेखे, “देश बुझ्ने र चिन्ने क्रममा उनको यो यात्रा सकारात्मक छ। कर्णालीबाट देश नियाल्नु उनीबाट गरिएको उपयुक्त कदम हो।”
श्रेष्ठका अनुसार ह्रदयन्द्रको यस्तो व्यवहारले देशको भावी नेतृत्वप्रति आशा बढाएको छ। उनका अनुसार अझै पनि धेरै नेपालीको राजसंस्थाप्रति आस्था रहेकोले ह्रदयन्द्रको सक्रियता उत्साहजनक छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे