
काठमाडौँ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ। बैठकमा केही महत्वपूर्ण कानुनी प्रस्तावहरूमा छलफल हुने कार्यक्रम छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्तिसम्बन्धी नयाँ कानून (विधेयक २०८२) पेश गर्ने तयारी छ।
त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले भन्सारसम्बन्धी कानून (२०८०) मा राष्ट्रियसभाबाट गरिएका संशोधनहरूबारे विचार गरियोस् भन्ने प्रस्ताव ल्याउने छन्।
यससँगै, संसदका विभिन्न समितिहरूको पनि आज बैठक बस्दैछ:
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले लुम्बिनी विकास कोषको हालको अवस्था र चुनौतीबारे छलफल गर्नेछ।
कृषि तथा प्राकृतिक स्रोत समितिले भूमि सम्बन्धी नयाँ कानूनमाथि बुँदागत (दफावार) छलफल गर्नेछ।
विधायन व्यवस्थापन समितिले जलस्रोतसम्बन्धी प्रस्तावमा छलफल गर्नेछ।
सार्वजनिक नीति समितिले राष्ट्रिय निकुञ्जसम्बन्धी प्रतिवेदनबारे छलफल गर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे