
काठमाडौँ, असार २५ — प्रतिनिधिसभाको बैठक आज सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा अपराह्न १ बजे बसेको छ। बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले समितिको वार्षिक प्रतिवेदन (२०८०/०८१) पेश गर्नेछन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नबल किशोर साह सुडीले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नेछन्। यसैगरी, भूमि व्यवस्था मन्त्री बलराम अधिकारले भूमिसम्बन्धी नेपाल ऐन संशोधन विधेयक, २०८२ माथि छलफल गरी पारित गर्न प्रस्ताव राख्नेछन्।
सभामुख देवराज घिमिरेले संवैधानिक परिषद् (पहिलो संशोधन) विधेयक माथि राष्ट्रियसभाबाट आएका सुझावहरू विचार गरी निर्णयार्थ प्रस्तुत गर्नेछन्। बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल हुने अपेक्षा छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे