
काठमाडौँ । आजको बैठकमा विभिन्न विधेयक र प्रतिवेदनहरू टेबुल गर्ने कार्यसूची तय गरिएको छ। प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ सम्बन्धी राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्नेछन्।
त्यस्तै, ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ पनि राष्ट्रियसभाको सन्देशसहित सदनमा पेस गरिने कार्यसूचीमा समावेश छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् भने युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ पेस गर्ने कार्यक्रम छ।
साथै, बैठकमा महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन पनि प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे