
काठमाडौँ — प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ। बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार ९नियन्त्रण० ९पहिलो संशोधन० विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभाबाट उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा पेश गर्नुहुनेछ। आजै तीन वटा संसदीय समितिका बैठकहरू पनि बस्नेछन्। तीमध्ये, प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, र विधायन व्यवस्थापन समिति को बैठकहरू निर्धारित छन्। अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ मा संशोधन दर्ता गराएका सांसदहरूसँग छलफल हुनेछ। विधायन व्यवस्थापन समितिमा जलस्रोत विधेयक, २०८१ को दफावार छलफल गरिनेछ।प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदन माथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे