
काठमाडौँ, १७ फागुन । प्रतिनिधिसभाका बैठक आउँदो चैत्र ५ गते बस्नेगरी स्थगित भएको छ । आज बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश स्थगित भएकोले अर्को बैठक चैत ५ गते आइतबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको संसद सचिवालयले जनाएको छ ।
संसद सचिवालयका महासचिव भरतराज गौतमका अनुसार बैठक प्रतिनिधिसभाको नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सारिएको हो ।
योसँगै राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि संसद बैठक बस्ने भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे