
काठमाडौँ — आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न नपाउने भएका छन्। निजी घरजग्गा, सार्वजनिक भवन, सडकका भित्ते, पोल वा अन्य सार्वजनिक स्थलमा दलको झन्डा वा निर्वाचन चिह्न टाँस्न समेत निषेध गरिएको छ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा चुनावी प्रचारलाई सभ्य र अनुशासित बनाउन स्पष्ट प्रावधान राखिएको छ। कार्यालयमै मात्र ३ फिट चौडा र ४ फिट लामो कपडामा दलको झन्डा वा चुनाव चिह्न राख्न पाइनेछ। दल वा उम्मेदवारका झन्डा वा चिह्न अंकित स्टिकर, टोपी, टिसर्ट, भेष्ट, ब्याच, मास्क, झोला आदि वितरण र प्रयोगमा रोक लगाइएको छ।
जुलुस, सभा वा प्रचार कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न सकिनेछ र २४ घण्टा अगावै स्थानीय प्रशासनबाट अनुमति लिन अनिवार्य छ। बालबालिकाको प्रयोग निषेध छ। पर्चा ७५ ग्राम कागजमा ३०० वर्ग इन्च भित्र मात्र प्रयोग गर्न पाइनेछ। २५ जनाभन्दा बढीको जुलुस, बाजा, झाँकी, अनलाइन विज्ञापन, टिभी स्क्रोलिङ र सडक नाटकमार्फत प्रचार निषेध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे