
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री लेखकले राजीनामा दिएका हुन् । प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । नेपाली कांग्रेसको बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा गृहमन्त्रीको राजीनाकाको विषय उठेको थियो ।
कांग्रेस नेताहरूले घटनाको जिम्मेवारी लिँदै राजीनामा दिनुपर्छ भनेपछि गृहमन्त्री लेखक राजीनामा दिने मनस्थितिमा पुगेका थिए । ठूलो मानवीय क्षति हुने गरी बल प्रयोग गरेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए । बैठकको निष्कर्षपछि गृहमन्त्रीले राजीनामा दिने तयारी पुगेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे