
काठमाडौँ, १ असोज । अविरल वर्षाका कारण शुक्रबार राति दखि अछाममा गएको पहिरोमा पुरिएर कम्तीमा १४ जनाको ज्यान गएको छ भने थप ४ जना बेपत्ता छन् ।अछामको कमलबजार नगरपालिका, ढकारी र तुर्माखाँद गाउँपालिका लगायत विभिन्न ठाउँमा पहिरो गएको छ।
उद्दारका लागि स्थानीय वासिन्दा तथा प्रहरी सक्रिय भएपनि निरन्तरको वर्षाका कारण उद्दारमा कठिनाइ भइरहेको स्थानीय जानकारी दिएका छन् ।गृहमन्त्री बालकृष्ण खाँणले अछाम पहिरोबाट प्रभावितहरुलाई हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन दिएका छन् ।
आज शनिबार गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई पहिरो प्रभावितहरुको तत्काल हेलिकोप्टरबाट उद्धार तथा राहतको व्यवस्था गर्न निर्देशन दिएका छन्।साथै गृहमन्त्री खाँणले घाइतेको उद्धार पछि उपचारको व्यवस्था मिलाउँन समेत निर्देशन दिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे