
काठमान्डौ २१ असार |मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताएका छन् ।सुरक्षा संवेदनशीलताका कारण काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थापनको जिम्मा संघीय प्रहरीलाई दिनुपर्ने उनले बताए ।अन्तर्राष्ट्रिय परिदृश्य बदिलिइरहेकाे र सुरक्षा संवेदनशीलता पनि बढिरहेको भन्दै उहाँले उपत्यकाको सुरक्षा संवेदनशीलतालाई गम्भीरतापूर्वक लिनुपर्नेमा उनले जोड दिए ।
प्रहरीको अधिकार कटौती गर्न नभई राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उपत्यकाको सुरक्षा जिम्मा संघीय प्रहरीलाई दिन लागेको गृहमन्त्री बालकृष्ण खाणले बताए । राजधानी उपत्यकाको सुरक्षा व्यवस्था केन्द्र सरकार मातहत राख्नुपर्नेमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसद एकमत देखिएका छन् । तर नेकपा माओवादी केन्द्रले भने यो व्यवस्था राख्न नहुने धारणा राखेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे