
काठमाडौँ ,२७ भाद्र | गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मालाई पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।
प्रचण्ड निवास खुमलटार पुगेर उनीहरुले समसामयिक विषयमा कुराकानी गरेका बताइएको छ ।
गृहमन्तालय स्रोतका अनुसार मंसिर ४ गतेका लागि निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको थियो ।
प्रतिनिधिसभाको कार्यकाल सकिन अब केही दिन मात्रै बाँकी छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे