
काठमाडौँ । भारतको उत्तराखण्ड राज्यमा बर्डफ्लु देखिएपछि नेपाल-भारत सीमामा पर्ने बैतडी जिल्लामा उच्च सतर्कता अपनाइएको छ। विशेष गरी बागेश्वर र उधमसिंहनगरजस्ता सीमावर्ती भारतीय जिल्लामा संक्रमण पुष्टि भएपछि, नेपालमा रोग नफैलियोस् भनेर निगरानी कडा पारिएको हो।
बैतडीका भेटेरीनरी प्रमुख गुमानी पन्तका अनुसार, दशरथचन्द नगरपालिका र पञ्चेश्वर गाउँपालिकालाई सचेत रहन भनिएको छ। दुवै पालिकाले सूचना जारी गरी किसान, व्यवसायी र सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन् । दशरथचन्द नगरपालिकाका अनुसार, चाडपर्वको बेला रातको समयमा भारतबाट अवैध रूपमा कुखुरा भित्र्याउने प्रयास हुन सक्छ, त्यसैले कडाइ गरिएको हो। पञ्चेश्वर गाउँपालिकाले पनि चोरीछिपी कुखुरा ल्याउनेलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। सुरक्षाका लागि सबैलाई सहयोग गर्न आग्रह गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे