
काठमाडौं, भाद्र १७ ।HERZING University Atlanta र InUni- GUS Global ले संयुक्त रूपमा आफ्नो पार्टनर मिट 2024 को घोषणा गरेको छ, जुन 4 सेप्टेम्बर 2024 मा काठमाडौंको याक एन्ड यती होटलमा अपराह्न 3 बजे आयोजना हुने भयको छ। यस विशेष जमघटले Herzing University Atlanta, र InUni- GUS Global ले प्रदान गर्ने सेवा USA Education System का बारेमा जानकारी गराइने छ।
कार्यक्रममा Herzing University Atlanta का एसोसिएट डाइरेक्टर र ग्लोबल लिड श्री सागर गिरधरको उपस्थितिले कार्यक्रमको शोभा बढाउनेछ। गिरधरले विश्वविद्यालयका विभिन्न शैक्षिक कार्यक्रमहरू र यसको रणनीतिक योजनाहरूको बारेमा आफ्नो अनुभव र ज्ञान साझा गर्नुहुनेछ। उहाँसँगै नेपाल कन्ट्री मेनेजर निशा भट्टराईले पनि सहभागीहरूलाई सम्बोधन गर्दै विश्वविद्यालयको पहलहरू र यसले क्षेत्रीय रूपमा पारेको प्रभावबारे चर्चा गर्नुहुनेछ।
यस कार्यक्रममा शैक्षिक परामर्श संघ नेपाल (ECAN) र Education USA – The United States Educational Foundation (USEF) का विशिष्ट पाहुनाहरूको उपस्थिति पनि रहनेछ। उनीहरूको सहभागिताले कार्यक्रमको सहकार्य र अन्तर्राष्ट्रिय शैक्षिक अवसरहरूको प्रवर्द्धनप्रतिको प्रतिबद्धतालाई बलियो बनाउनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे