
काठमाडौँ, २८ असार । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी रुपान्तरण तथा पुनर्गठनको राजनीतिक प्रतिवेदन तयार पारेका छन्।
मंगलबार डा. भट्टराईले काठमाडौँमा आफु निकटा भेलाको आयोजना गर्दै पार्टी रूपान्तरणबारे राजनीतिक प्रतिवेदन पेश गरेका हुन्।
उनले पार्टी निर्माण केही आफना सिमित क्षेत्रमा मात्र गरेर अन्य भाग र प्रदेशमा पार्टी निर्माण गर्नै तिर मुल नेतृत्वले चाँसो नदिएको आरोप लगाएका छन् ।
‘पार्टी एकता गर्दा विचार, सिद्धान्त र एजेण्डामा आधारभूत समानता कायम नगरिएको हैन, तर कार्यान्वयनको पाटोबाट त्यसको बुझाइमा एकरुपता देखिएन। पार्टी एकताको आधारभूत बुझाइ र मनोविज्ञान मधेस आन्दोलनको जगमा बनेको पार्टी हिस्साको गरिमा, महत्व र संवेदनशीलतालाई आत्मसात गर्दै पार्टी एकतामा संलग्न सबै पक्षको समुचित सहभागितासहित राष्ट्रिय चरित्रको समावेशी पार्टी निर्माण गर्ने थियो । साथै, कांग्रेस, कम्युनिष्टजस्ता परम्परावादी मूलधार दलहरुको बिकल्प निर्माण गर्दै देशलाई आर्थिक विकास, सुशासन र संमृद्धिको युगतिर अभिमुख गर्नु थियो । तर, पार्टी निर्माणको तरिका भने क्षेत्रीय दलतिरै सीमित हुनतिर अभिमुख र अभिप्रेरित देखियो । देशका अन्य भाग र प्रदेशमा पार्टी निर्माणका लागि संगठित तथा संस्थागत प्रयत्न गर्ने हुटहुटी मूल नेतृत्वमा नै देखिएन, ‘उनले भनेका छन् ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे