
काठमाडौं– तराई आसपास मनसुन सक्रिय रहेकाले भोलिसम्म देशभर मौसम बदली रहने जल तथा मौसम विभागले जनाएको छ। विभागका अनुसार आज देशभर बादल लाग्नेछ र धेरै ठाउँमा मध्यम वर्षा हुने सम्भावना छ।
कोशी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एक–दुई ठाउँमा मुसलधारे वर्षा पनि हुन सक्छ। कर्णाली प्रदेशमा पनि केही ठाउँमा भारी वर्षा हुने देखिएको छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पूरै बादल लाग्नेछ भने अन्य ठाउँमा सामान्य बदली रहनेछ।
गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिमका केही ठाउँमा अत्यधिक वर्षा पनि हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे