
काठमाडौँ। रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ । गत बिहीबारको पेशी लामिछानेको पक्षका कानुन व्यवसायीले स्थगित गराएका थिए। रवि । छविको मुद्दा न्यायाधीशद्वय मिलनकुमार राई र सानुमैया डंगोलको ३ नं इजलाशमा परेको थियो । बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै रास्वपा सभापति रवि लामिछानेले जिल्ला अदालतको आदेशमा चित्त नबुझी उच्चमा निवेदन दिएका थिए । रविका कानून व्यवसायीले आजको सुनुवाइ स्थगित गरीपाउँ भनी निवेदन दिएका कारण सुनुवाइ स्थगित भएको हो ।
लामिछानेले सहकारीमा भएको रकम आफ्नो हिस्साको रूपमा दाखिला गरिसकेका छन्, तर जिल्ला अदालत रुपन्देहीले उनलाई रिहा गर्न अस्वीकार गरेको थियो। त्यसविरुद्ध उच्च अदालतमा मुद्दा पुगेको छ र सर्वोच्च अदालतले मूल अभियोगको सक्कल मिसिल माग्न आदेश दिएको छ। अदालतले मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाउँदै पेशी तोकेको छ, र जिल्ला अदालतबाट प्रतिलिपि प्राप्त भएपछि सुनुवाइ भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे