
२७ असार काठमाडौ | नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतमा दायर रिटमाथिको पेसी शुक्रबारका लागि सारिएको छ ।असार १९ गते भएको सुनुवाईपछि असार २६ गतेका लागि पेशी तोकिएको थियो तर हिजो आइतबार सार्वजनिक बिदा परेकाले आज पेशी थियो । तर, सरकारी कानून व्यवसायीले पेसी सारिएकोबारे आफूहरूलाई जानकारी नगराएको बताएपछि पेसी सारिएको हो ।
एआइजी विश्वराज पोखरेलले आफू भन्दा जुनियरलाई आईजिपी बनाएको भन्दै सरकारको निर्णय विरुद्ध गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट हालेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे