
काठमाडौँ । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा सोमबार पनि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। आइतबार महान्यायाधिवक्ताको कार्यालयले अदालतको मागअनुसार मुद्दा फिर्ता गर्ने निर्णय संशोधनसम्बन्धी कागजात पेश गरेको थियो। अब सोही विषयमा आज अदालतमा बहस भइरहेको छ।
यसअघि महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय गरेपछि विवाद भएको थियो। पछि उनले निर्णय सच्याउँदै सहकारी ठगीबाहेक अन्य मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्।
यही निर्णय विवादित बनेपछि सर्वोच्च अदालतमा रिट परेको हो, जसको सुनुवाइ अहिले जारी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे