
काठमाडौँ , ३ असोज | ८ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ ।सेती प्रादेशिक अस्पताल एक सूचना जारी गर्दै केसीको स्वास्थ्य अवस्था विग्रदै गएकाले उपचारको लागि विशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न आवश्यक रहेको जनाएको छ ।
अस्पतालका प्रवक्ता डा। शेरबहादुर कमरले डा.केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्राबको संम्भावना रहेकाले थप जटिलता हुन सक्ने हुनाले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरणका लागि पहल गर्न आग्रह गरेका छन् ।
गत भदौ २७ मा धनगढी स्थित कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका थिए । २९ भदौमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका उनलाई पेट दुख्ने, कमजोरी हुने, टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, मांशपेशी बाँउडिने, मुटुको धडकन गडबडी र अक्सिजनको मात्रा घट्दै जाने जस्ता समस्या देखिएको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे