
काठमाडौँ , १८ भाद्र | आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएको छ ।यसअघि कास्कीको क्षेत्र नम्बर १ बाट पनि महामन्त्री थापाको नाम सिफारिस भयतापनि उनले काठमाडौं–४ बाटै उम्मेदवारी दिने भएका छन् ।
शनिवार काठमाडौंको बूढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यमिक विद्यालयमा आयोजीत कार्यक्रममा बोल्दै उनले चुनाव आएपछि हारिएला कि भन्ने डर आफूलाई सधैँ हुने बताएका छन् ।उनले विद्यार्थीहरूलाई पनि परीक्षामा फेल भइएला कि भन्ने डर लाग्ने अवस्था आउन नदिन उनीहरूलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको बताए ।
महामन्त्री थापाले सफलता र असफलता दुवै कुरा जिन्दगीमा हुने कुरालाई बोध गराउँदै विद्यार्थीहरूको पठनपाठनलाई अघि बढाउन पनि सो विद्यालयलाई आग्रह समेत गरे ।जिन्दगीमा सधैं सफलता मात्रै हात नपर्ने कुरा पनि विद्यार्थीहरुलाई सिकाउन हरेक विद्यालयले ध्यान दिनुपर्ने थापाले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे