
काठमाडौँ । काठमाडौंका मेयर बालेन शाहमाथि धरानका मेयर हर्क साम्पाङले विदेशीको कठपुतली बनेको आरोप लगाएका छन् । शाहको व्यङ्ग्यात्मक प्रेम प्रस्तावपछि आक्रोशित बनेका साम्पाङले यस्तो बताका हुन्।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जति गाली गरे पनि आफूले सधै माया गर्ने बताएका छन् । मेयर बालेन शाहले धरानका मेयर हर्क साम्पाङसँग आफ्नो साचो प्रेम रहेको बताएका छन्।
आफ्नो पछिल्लो फेसबुक स्टाटसमा साम्पाङले लेखेका छन्, ‘देश जलाएर खरानीको व्यापार १ विदेशीको कट्पुतली बनेर रमाइलो गर्दै लभ को कुरा १ मुखमा राम राम बगालीमा बम्फक १’। भदौ २३ र २४ गते भएको आन्दोलनपछि चल्तीका सबै नेताको भागाभाग भएको र मुलुक नेतृत्व लिन कोही अघि नसरेका बेला उनी अघि सरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे