
काठमाडौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई “पद लोभी” भन्ने आलोचनालाई अस्वीकार गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले देश संकटमा हुँदा ५ सय किलोमिटर टाढाबाट हिँडेर जिम्मेवारी लिन काठमाडौं आएको तर खानेपानी र श्रम मन्त्रालय नलिएको उल्लेख गरेका छन्।
उनले लेखेका छन् –“मलाई पदको लोभी भन्नेहरूलाई के थाहा, देश दनदनी जलिरहेको बेला सबै डराएर घरभित्र लुकेको समयमा ५०० किलोमिटर टाढाबाट पुगेर देशको जिम्मा लिन खोजेको हुँ मैले। खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालय दिँदा पनि छोडेर नलिएको मान्छे हुँ म।”
साम्पाङ हालैको राजनीतिक परिवर्तनपश्चात् सरकारमा सामेल हुने विषयमा चर्चा भए पनि उनले मन्त्रालय नलिएको स्पष्ट गरेका छन्। पदभन्दा जनताप्रतिको जिम्मेवारी ठूलो हुने भन्दै उनले आफू सधैं प्रत्यक्ष रूपमा जनतासँगै रहने बताउँदै आएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे