
जाजरकोट / रुकुम पश्चिम – नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको नेतृत्वमा बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ।
बैंकको संचालक निर्वाण चौधरी र अन्य उच्च पदाधिकारीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। नलगाड नगरपालिका, जाजरकोटका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिका, रुकुम पश्चिमका मेयर पुष्प वादीलाई आवास हस्तान्तरण गरिएको छ।
यो सहयोग भूकम्प प्रभावित परिवारहरूको पुनःस्थापना र पुनर्निर्माण प्रक्रियामा महत्वपूर्ण कदम मानिएको छ। नबिल बैंकले भूकम्पबाट प्रभावित भएकाहरूसँग सहकार्य गर्दै थप सामाजिक जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे