
काठमाडौँ , ८ फागुन । हमासले आज चार इजरायली बन्धकहरूको शव फिर्ता गर्ने भएको छ।हमासले आफ्नो नियन्त्रणमा रहेका चार जना बन्धकहरूको शव भोलि बिहीवार हस्तान्तरण गर्ने भएको छ। हमासका नेता खलील अल–हयाले भनेका छन् कि यी चार जनामध्ये एकै परिवारका दुई बालबालिकासहित आमाको शव हस्तान्तरण हुने छ। बीबीसीका अनुसार, बालबालिकाका बुबा यार्डनलाई हमासले यस महिनाको सुरूवातमा रिहा गरेको थियो। सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा अपहरणमा परेका उहाँका बच्चा ९ महिना र ४ वर्षका थिए।
हमासले इजरायली आक्रमणमा ती बालबालिकाको मृत्यु भएको दाबी गरेको भएता पनि, इजरायलले यसलाई प्रमाणित गरेको छैन । यसैबीच, हमासले आउँदो शनिवार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने घोषणा गरेको छ। यसको बदला स्वरूप, इजरायलले अक्टोबर महिनादेखि अपहरणमा परेका सबै महिला र १९ वर्ष मुनिका बालबालिकालाई मुक्त गर्ने बताएको छ। त्यसैगरी, इजिप्टको सिमाना हुँदै गाजामा पुनर्निर्माणका उपकरणहरू पठाउन इजरायलले अनुमति दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे