
काठमाडौँ , माघ १९ । हमासले आज थप ३ जना इजरायली बन्दीलाई रिहा गर्ने घोषणा गरेको छ। इजरायली बन्धकका परिवारका प्रतिनिधि समूहले शुक्रबार यी तीन बन्दीहरूको नाम सार्वजनिक गरेको हो, जसलाई हमासले शनिबार हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ। ती मध्ये दुई जना दोहोरो नागरिकता भएका व्यक्ति छन्, जसमा एक अमेरिकी–इजरायली नागरिक किथ सेइगल पनि पर्छन्। ६५ वर्षीय सेइगल ४ दशक पहिले इजरायल गएका थिए र हमासको अक्टोबर ७, २०२३ को हमलामा बन्दी बनाइएका थिए।
पहिले तीन बन्दीहरूको नाम सार्वजनिक गरिएको थियो र इजरायली अधिकारीहरूले यस सूचीको पुष्टि गरेका छन्। ती बन्दीहरूमा इजरायली नागरिक यार्डन र किथ सेइगलको नामसमेत रहेको छ। सेइगलकी पत्नी, अविभा सेइगललाई पनि उक्त हमलामा अपहरण गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे