
एजेन्सी । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायललाई हस्तान्तरण गरेको ४ शवमध्ये एक महिला शव मेल नखाएको पुष्टी भएको छ। इजरायली डिफेन्स फोर्सले जनाए अनुसार, हमासले चार शवको नाम सार्वजनिक गर्दा ३२ वर्षीय शिरी बिबासको शव नपाइएको हो। शिरीको शव कफिनमा नाम उल्लेख गरिएको भएता पनि फरेन्सिक जाँचपछि मेल नखाएको पुष्टि भएको छ। यद्यपि, शिरीका दुई सन्तान र ८४ वर्षीय बुबा यार्डेनको शव पहिचान गरिएको छ।
हमासले इजरायलको दावीमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्। इजरायली सेनाले शिरीको शवको पहिचान नगरेको भए पनि कफिनमा रहेको एक शवको पहिचान हुन बाँकी छ । यस घटनाले इजरायलको आरोप अनुसार, हमासले युद्धविराम सम्झौताका सर्त उल्लङ्घन गरेको छ र बन्धकका परिवारजनमा नराम्रो असर परेको छ। यसअघि, हमासले शिरी, एरियल र केफिर बिबासको शव हस्तान्तरण गर्ने र मृतक बन्धकहरूको नाम सार्वजनिक गरेको थियो। बिबास परिवारका चार जनामध्ये ९ महिने बच्चा र ४ वर्षीया बालिका, शिरी र उनका पति यार्डेन हमासको कब्जामा थिए, तर यार्डेनलाई गत महिना रिहा गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे