
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपालको सीमा विवाद समाधानका लागि प्रधानमन्त्रीलाई राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै शाहीले देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन्। शाहीले आफ्नो सन्देशमा भनेका छन्, हाम्रा पुर्खाहरूले आफ्नो रगत र पसिनाले सिञ्चित गरी जोगाएको यो देश आज विभिन्न भुमरीमा फसेको देख्दा हामी चिन्तित छौँ। अङ्ग्रेज, मुगल र तिब्बतसँग लडेर जोगाएको देश नेपालको सिमाना हाम्रा लागि गौरवको विषय हो।
उनले इतिहासको स्मरण गराउँदै नेपालको सिमानाको ऐतिहासिक महत्त्वमाथि प्रकाश पारेका छन्। भारत र चीनबीच नेपालको सहमतिबिना लिपुलेक–लिम्पियाधुरालाई समेटेर भएको हालको सम्झौताप्रति शाहीले गम्भीर चिन्ता व्यक्त गरे। उनका अनुसार यस्तो सम्झौताले नेपालीको राष्ट्रिय अखण्डतामाथि प्रश्न खडा गरेको छ।शाहीले भने, यो संवेदनशील घडीमा सम्पूर्ण नेपालीहरू एकजुट हुनुपर्ने आवश्यकता झनै बढेको छ। राष्ट्रियताको सवालमा कुनै पनि प्रकारको सम्झौता स्वीकार्य हुन सक्दैन। भारत र चीनबीच नेपालको सहमतिबिना लिपुलेक–लिम्पियाधुरालाई समेटेर भएको हालको सम्झौताप्रति शाहीले गम्भीर चिन्ता व्यक्त गरे। उनका अनुसार यस्तो सम्झौताले नेपालीको राष्ट्रिय अखण्डतामाथि प्रश्न खडा गरेको छ।
शाहीले भने, यो संवेदनशील घडीमा सम्पूर्ण नेपालीहरू एकजुट हुनुपर्ने आवश्यकता झनै बढेको छ। राष्ट्रियताको सवालमा कुनै पनि प्रकारको सम्झौता स्वीकार्य हुन सक्दैन। शाहीले अन्तमा भनेका छन्, ‘राष्ट्रिय एकता र सहकार्यबाट मात्र हामीले हाम्रो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न सक्छौँ। यसका लागि सम्पूर्ण नेपाली एक भएर अगाडि बढ्नका लागि तयार छौँ ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे